नेपाल (एकीकृत ) समाजवादी तारकेश्वरले घोषणा गर्यो ८१ सदस्यीय नगर कमिटी



काठमाडौ,भदौ १२। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीले काठमाडौको तारकेश्वर नगरपालिकामा ८१ सदस्यीय नगर कमिटी घोषणा गरेको छ।

तारकेश्वरको वडा न ६ धमस्थलीको काठमाडौको रिभर साईड रिसोर्टमा बसेको नगर भेलाले यसअघि एमाले हुँदा माधबकुमार नेपाल समुहको कमिटी नै अहिले नेकपा एकीकृत समाजवादी नगर कमिटी घोषणा भएको बताइएको छ ।                                                                                                           

तारकेश्वर नगर कमिटीको अध्यक्ष लव कुमार वस्नेत र सचिव शिवहरी देवकोटा रहेका छन। शनिबार भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जिवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रेष्ठले अहिले नेपालमा कम्युनिस्ट आन्दोलनको रक्षा केपि ओलिले गर्न नसकेकाले नयाँ पार्टी कम्युनिस्ट आन्दोलन रक्षा गर्न समाजवादी पार्टी भएको बताए। अब नेपालमा कम्युनिस्ट अान्दोलनको रक्षा र जनताको आशा नयाँ पार्टीले पुरा गर्ने बताए । काठमाडौमा नेकपा एकीकृत समाजवादी नगर कमिटी घोषणा गर्ने पहिलो नगरपालिका बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्