पहिराेमा बेपत्ता भएका ३ जनाकाे शव निकालियाे



नवलपुर,भदौ १२ । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा बिहिबार आएको पहिरोमा परि वेपत्ता भएका एकै घरका तिन जनाको शव शनिबार निकालिएको छ ।

बिहिबार राति आएको पहिरोले स्थानीय हस्तबहादुर पुलामीको घर पुर्दा पुलामीकी श्रीमति ४० वर्षीया धन माया पुलामी सहित उनका दुई नातिनीहरु बर्ष ७ की भुमिसरा पुलामी र बर्ष ६ की देउमाया पुलामी बेपत्ता भएका थिए ।

पहिराे गएको जानकारी प्रहरीलाई स्थानीयले गरेपछि शुक्रबार बिहान नै देखि प्रहरी र स्थानीयले पहिरोमा बेपत्ता भएका तीन जनाकाे शव खोजि कार्यमा निरन्तर रूपमा खटिएका थिए ।

शव शनिबार दिउसो ३ :१५ बजेको समयमा खोजीकर्ताहरुले भेटेको प्रदेश सांसद बिष्णु लामिछानेले जानकारी दिए । शव साढे ४ फिट तल जमिन मुनि भेटिएको समेत उनले जानकारी दिए। पहिरोमा संगै पुरिएका हस्तबहादुरलाई भने स्थानीयले बिहिबार रातिनै सकुशल उद्दार गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्