नागढुङ्गा नाकामा पहिरो, राजधानी भित्रिने बाहिरीने सवारीसाधन ठप्प



काठमाडौं,भदौ १३ । काठमाण्डौँ उपत्यका छिर्ने नाका नागढुंगा छेउ झ्याप्ले खोलामा पहिरो गएको छ। पहिरोले पुरै सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

विहान गएको पहिरोले बाटो थुनिएपछि राजधानी भित्रने र बाहिरिने सवारीसाधन ठप्प भएको छ ।

अहिले पहिरो पन्छाउने प्रयास भईरहेपनि निरन्तर पानी परेकाले समस्या भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्