गुल्मीमा पहिरोले गोठ पुरिदा पशु चौपाया मरे



गुल्मी,भदौ १३ । गुल्मी जिल्लामा अबिरल वर्षासँगै गएको पहिरोले गोठ भत्काउदा पशु चौपाया पुरेको छ । जिल्लाका बिभिन्न स्थानमा निरन्तर परेको पानीले पशु चौपायाहरुमा क्षती पुराएको हो ।

वर्षातले जिल्लाको धुर्कोट गाउपालिकाको वडानम्बर–५ वस्तु स्थित कृष्ण कुँवरको घर – गोठ रातिको पानीले राती करिब १ बजेतिर भत्कदा गोठमा रहेका २ वटा भैंसी, पाडो, २ वटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले मानबिय क्षती भने भएको छैन्।

घर परिबार अहिले आफन्तको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको मुसिकोट नगरपालिकन वडानम्बर– ८ ठुलोखर्क बस्ने नरबहादुर पौडेलको अबिरल बर्षाको कारण गोठ भत्किदा १ भैंसी र १ पाडो मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मी गुल्मीदरबार गाउँपालिका वडानम्बर–३ फुर्से बस्ने कमलबहादुर कँुवरको २ तले टिनले छाएको बंगालो अबिरल बर्षाको कारण राति १२ बजे भत्किदा ४ वटा बाख्रा मरेका छन् । मानवीय क्षेति नभएका र ३ जनाको परिवार स्थानिय चुराबहादुर कुवरको घरमा बसेका छन् ।
त्यस्तै मुसिकोट नगरपालिका वडानम्बर– १ पौदिअमराईमा अबिरल बर्षाको कारण हिराबहादुर रानाको घर भत्किदा घर पुर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । मानविय क्षति नभएको र घराएसि सामानहरू सबै पुरिएका छन् । पानीले जिल्लाका अधिकांश ग्रामीण भेगका मोटरबाटो बिग्रेका छन् ।

प्रतिक्रिया दिनुहोस्