खुसीको खबर! वाग्मती प्रदेशमा भदौ २० देखि लाइसेन्सका लागि ट्रायल दिन पाइने



काठमाडौं,भदौ १३ । वाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ।

यसअघि वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षाबारे आइतबार एक सूचना प्रकाशित गर्दै कार्यालयले भदौ २० गते आइतबारदेखि सञ्चालन गर्न लागेको जनाएको छ ।

प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल)मा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन आउन कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्