प्रदिप नेपालले छाडे माधव नेपालको साथ



काठमाडौं,भदौ १४ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले पार्टीबाट बाहिरिएको घोषणा गर्नुभएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालबाट पनि आफूलाई धोका पाएको उहाँले उल्लेख गर्नुभएको छ। सामाजिक संजाल फेसबुकमा लेख्दै नेता नेपालले आफू केपी ओलीसँग पनि नजाने जनाउनुभएको छ.।

‘माधव कमरेड म केपीसँग जान्न किनभने तानाशाही प्रवृत्तिको सधैं विरोधी हुँ, तपाईँ पनि झेली कुरा गर्न सिक्नुभएछ’, नेपालले लेख्नुभएको छ, बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ तर आखिरमा तपाईँबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो, विदा ।’

नेता नेपाल अस्वस्थ हुँदा पनि नेकपा एकीकृत समाजवादी पार्टीको सनाखत गर्न निर्वाचन आयोग पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्