को हुन झलनाथ खनाललाई मृगौला दान गर्ने मेरिना?



काठमाडौं, भदौ १४ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल सफल मृगौला प्रत्यारोपण पश्चात् स्वदेश फर्किएका छन् । खनाल मंगलबार स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा उनले उपचारबारे सबै खुलासा गरेका छन् ।

खनालका अनुसार एपोलो अस्पतालमा उपचारका क्रममा मृगौला प्रत्यारोपण गर्नैपर्ने भनियो । त्यसपछि उनी डोनर खोज्न लागे । नेपालमा सम्पर्क गरी डोनरको व्यवस्था गर्न आफन्तलाई सक्रिय बनाए ।

खनालकी पत्नी रविलक्ष्मी चित्रकारकी दिदीको छोरी मेरिना चित्रकार मृगौला दिन तयार भइन् । उनको म्याचिङ गर्न थालियो । एपोलो अस्पतालमा बोलाएर म्याचिङ गर्दा प्रमाणित भयो ।

डा. लार्केन लामाले मृगौला प्रत्यारोपण नगरी नहुने स्पष्ट पारेको थियो । डोनर खोजी भयो । दिदीको छोरी सानो बालाई किड्नी मेरिना चित्रकार तयार भइन् । एपोलो अस्पतालमा म्याचिङ प्रमाणित भयो । खनालले भने, आफ्नो सानोबुवाका लागि मेरिना मृगौला दिन तयार भइन् ।

मेरिनाप्रति खनालले आभार व्यक्त गरे । उनको स्वास्थ्योपचारको समेत कामना गरे । खनाको मृगौला प्रत्यारोपण एपोलो अस्पतालका चिकित्सक सञ्जीव गुलेरियाको टोलीले गरेको थियो ।

डा. अखिल मिश्र, डा. सञ्जीव गुलेरिया, डा.जे एम दुवाल, डा. गौरव सागर र डा. आसुमान अग्रवाललगायत टिम उनको उपचारमा खटिएका थिए । खनालले एपोलो अस्पताल प्रशासन र स्वास्थ्यकर्मीहरुलाई पनि धन्यवाद दिए ।

खनालले नयाँ जीवन बोनस प्राप्त भने । उनले देश र जनताका लागि बाँकी जीवनलाई समर्पित गर्ने बताए । उनले कम्युनिस्ट पार्टीको एकताका लागि भूमिका खेल्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्