घरमाथि पहिरो आउँदा एक बालिकाको मृत्यु, ३ जना घाइते



अर्घाखाँची,भदौ १६ । अर्घाखाँचीमा घरमाथिबाट पहिरो आउँदा एक बालिकाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् । पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा पहिरोले घर पुर्दा जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिनुभयो ।

निरन्तरको वर्षा पछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो । पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् ।

स्थानीय मेडिकलमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्