चिनियाँ खोप लिन उत्तर कोरियाले किन गर्यो अस्वीकार



एजेन्सी, भदौ १७ । उत्तर कोरियाले कोभिड–१९ को झण्डै ३० लाख खोप लिन अस्वीकार गरेको छ । उत्तर कोरियाले उक्त खोप अन्यत्र प्रदान गर्न भन्दै खोप लिन अस्वीकार गरेको युनिसेफले जनाएको छ ।

कोभिड–१९ अन्तराष्ट्रिय खोप वितरण कार्यक्रम कोभ्याक्समार्फत चीनमा बनेको झण्डै ३० लाख डोज सिनोभ्याक उत्तर कोरियालाई उपलब्ध गराउन खोजिएको थियो । तर, उत्तर कोरियाले गरिब मुलुक र अति प्रभावित क्षेत्रमा वितरण गर्न भन्दै खोप लिन अस्वीकार गरेको हो ।

कोभ्यास कार्यक्रमअन्तर्गत उत्तर कोरियामा चिनियाँ खोप पठाउन सकिने बताइएको थियो । करिब एक महिनापछि जवाफ फर्काउँदै उत्तर कोरियाले आफूले कोभिड खोप नलिने बताएको हो । इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्ट्राटेजको एक रिपोर्टअनुसार चिनियाँ खोपको प्रभावकारीतामाथि उत्तर कोरियाले शंका गरेको हो । अगष्ट १९ सम्ममा उत्तर कोरियामा कोभिड संक्रमण नभेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्