पर्वतमा पहिरोमा पुरिएर ५ को मृत्यु, ३ जना बेपत्ता



पर्वत,भदौ १८ । पर्वतका विभिन्न स्थानमा खसेको पहिरोमा परेर ५ जनाको ज्यान गएको छ । ३ जना पुरिएर वेपत्ता भएका छन् ।

गएरातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका-३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

पहिरोमा पुरिएका एकै घरका ५ जना मध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनीहरुलाई जीवितै उद्धार गरिने सम्भावना न्यून छ ।

प्रतिक्रिया दिनुहोस्