सुनको भाउ बढ्यो, तोलाको कति?



काठमाडौं,भदौ १८ । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको हो । त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार ९३५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, महासंघले चाँदीको मूल्य प्रतितोला ११९५ रुपैयाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदी खरिद गर्दा एक हजार २४ रुपैयाँ ५० पैसा पर्नेछ । 

प्रतिक्रिया दिनुहोस्