छहरे-टोखा सडकखण्डमा पहिरो, सडक अवरुद्ध



नुवाकोट, भदौ १८। नुवाकोट-काठमाडौ आवातजावत को छोटो मार्ग छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा गएको पहिरो गएको छ।

गुरुङगाउँको ठुलो पहरोमा झण्डै १ सय मिटर माथिबाट पहिरो झरेको हो। गुर्जेस्थित अस्थायी प्रहरी पोस्टका असई बिचारी श्रेष्ठका अनुसार पहिरो पन्छाउन समय लाग्ने बताए।

श्रेष्ठले साझापथसंग कुरा गर्दै शुक्रबार दिउँसो ३:१५ बजे पहिरो सडकमा झरेको बताए । पहिरो गएपछि नुवाकोट- काठमाडौ आवतजावतका साना तथा ठूला सवारीसाधन बिचैमा रोकिएका छन् ।

वर्षायाम र निर्माणाधीन सडकखण्ड भएकाले डोजर तथा स्काभेटर स्टाण्ड बाई यस क्षेत्रमा राखिनुपर्ने स्थानीय युवा नारायण गुरुङ बताउँछन् ।

पहिरो पछि रोकिएका सवारीसाधन

प्रतिक्रिया दिनुहोस्