छहरे-टोखा सडक खुलाउन शनिबार दिनभरि लाग्छ- असई श्रेष्ठ



नुवाकोट, भदौ १८। नुवाकोट-काठमाडौ आवातजावत को छोटो मार्ग छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा पहिरो गएको छ। शुक्रबार मध्याह्न सवा ३ बजे गएको पहिरोका कारण यस सडकखण्ड भएर गुड्ने सवारीसाधन ठप्प भएको छ।

गुरुङगाउँको ठुलो पहरोमा झण्डै १ सय मिटर माथिबाट आएको भिमकाय ढुङ्गा पन्छाउन समय लाग्ने गुर्जे अस्थायी प्रहरी पोस्टका असई बिचारी श्रेष्ठले बताए।शुक्रबार दिउँसो यस सडकखण्डमा पुगेका कतिपय यात्रु गन्तव्यमा नपुगी फर्किएका छन् भने कतिपयलाई पहिरोमा सावधानीपूर्वक पास गराई घर पठाएको छ।असई श्रेष्ठका अनुसार पहिरोमा ठूल्ठूला ढुङ्गा सडकमै खसेकाले पन्छाउन समय लाग्ने बताए। ‘पहिरो गएपछि लोडर/डोजर आएको छ, तर शुक्रबार साँझ अबेरसम्म पहिरो पन्छाउन सकिएन, शनिबार पन्छाउने तयारीमा छौं’- असई श्रेष्ठले भने।

पहिरो गएपछि रोकिएका मालबाहक तथा साना गाडीका चालक सहचालकसहित सवारीसाधन लामबद्द रहेका छन् । वर्षायाम र निर्माणाधीन सडकखण्ड भएकाले डोजर तथा स्काभेटर स्टाण्ड बाई यस क्षेत्रमा राखिनुपर्ने स्थानीय युवा नारायण गुरुङ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्