पर्वत र पोखरामा बाढी पहिरोमा परी १२ जनाको मृत्युु



काठमाडौं, भदौ १९ । मनसुनजन्य विपत्मा परी शुक्रबार १२ जनाको ज्यान गएको छ । मनसुन सक्रिय रहेको अवस्थामा गएको बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए।

उनका अनुसार पर्वतका विभिन्न चार स्थानमा बिहीबार रातिदेखि नै पहिरो जानेक्रम जारी रहेको अवस्थामा पहिराले पुरिएर ११ जनाको र पोखरामा पहिरोमै परी थप एकजनाको ज्यान गएको हो । पहिरोले पाँच घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । केही स्थानीय विस्थापित भएका छन् ।

पर्वतबाट प्राप्त समाचारअनुसार तीन दिनदेखिको भीषण वर्षाका कारण गएको पहिरोमा परेर पर्वतमा ११ जनाको मृत्युु गएको छ । कुुस्मा नगरपालिका वडा नं ३ मा गएको पहिरोमा एकै परिवारको पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मध्य पहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो गएपछि पर्वत, बागलुुङ, म्याग्दी र मुुस्ताङलाई जोड्ने पोखरा र राजधानीसँगको यातायात सम्पर्क विच्छेद भएको छ । ज्यान गुुमाउनेमा एकै परिवारका वर्ष ७५ का कौशिल्यादेवी पौडेल, वर्ष ३५ की भगवती पौडेल, १६ वर्षकी विमला पौडेल र ११ वर्षकी विनिता पौडेल र नौ वर्षका विनोद पौडेल रहेका छन् । उनीहरू सबै एकै परिवारका हजुुरआमा, बुुहारी र तीन नातिनातिना रहेको प्रहरीले जनाएको छ ।

यसैगरी कुुस्मा नगरपालिका–११, सिल्मीमा पहिरो खस्दा वर्ष ३५ की दुुर्गा पौडेल, वर्ष छका गणेश पौडेलको मृत्यु भएको छ । कुुस्मा नगरपालिका–११ पपुुवाका ७० वर्षीय डल्ली उपाध्याय पौडेल, ४० वर्षीय मार्या कुुमारी पौडेल वर्ष र तीन वर्षका प्रयूष पौडेलको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । यसैगरी मोदी गाउँपालिका–५, आम्बोसमा पहिरोमा पुरिएर ५० वर्षीय फूूलमाया थापाको ज्यान गएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्