अर्घाखाँचीमा हाइस दुर्घटना: एकको मृत्यु, ११ जना घाइते



अर्घाखाँची,भदौ १९ । अर्घाखाँचीमा हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएका छ भने ११ जना घाइते भएका छन् । शनिबार विहान काठमाडौंबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा नगरपालिका – ३ बरबोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनमा परी भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीले जानकारी दिनुभयो। ११ जना घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते २ जना र अन्य ३ जना गरी ५ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।

अन्य ६ जनाको अवस्था सामान्य रहेको डिएसपी थापा क्षेत्रीले बताउनुभयो। उहाँका अनुसार हाइस सडकबाट करिब सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्