स्थापना दिवसमा बिरामीलाई स्वास्थ्य सामग्री र फलफुल बितरण



गुल्मी,भदौ १९ । नेपाल रेड्क्रस सोसाइटी गुल्मी जिल्ला शाखाले ५९ औं नेपाल रेड्क्रस स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल गुल्मीलाई स्वास्थ्य सामग्री तथा फलफुल बितरण गरी मनाएको छ ।

शनिवार बिहान गुल्मी अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य सामग्री तथा फलफुल बितरण गरी मनाएको हो ।

‘निरन्तरता’ भन्ने नाराको साथ १६ जना बिरामिलाई स्वास्थ्य सामाग्रि (माक्स, सोनिटाईटर) तथा फलफुल बितरण गरिएको शाखा गुल्मीले जनाएको छ ।कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिको पदाधिकारिहरू, पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्