एनआरएनए रोमानियाको महाधिवेशन सम्पन्न



रोमानिया, भदौ २० । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको सातौं राष्ट्रिय महाधिवेशन आज रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ। महाधिवेशनले खगेन्द्र अधिकारीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति २०२१-२०२३ सर्वसम्मत रुपमा चयन गरेको हो ।

गैर—आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोपका सह संयोजक शुक्रराज न्यौपानेको पहलमा महाधिबेशन सम्पन्न भएको थियो।

राष्ट्रिय महाधिवेशनले एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेललाई प्रमुख संरक्षकमा, पूर्ब अध्यक्ष आलोक साहलाई संरक्षकमा, सुरेन्द्र गौतमलाई आईसीसी सदस्यमा, डा. अमित रिजाललाई सल्लाहकार पदमा निर्बिरोध चयन गरेको छ।

अधिवेशन रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको अध्यक्षतामा बुखारेस्ट स्थित नेपाली एभरेष्ट रेष्टुरेण्टमा सम्पन्न भएको थियो। समारोहको अन्त्यमा रेष्टुरेण्टका सञ्चालक तथा निर्बिरोध चयन हुनु भएका आईसीसी सदस्य सुरेन्द्र गौतमले एभरेष्ट रेष्टुरेण्टका तर्फबाट सम्पूर्ण सहभागीहरूलाई नि:शुल्क जलपान तथा नेपाली संस्कृति र परम्परा अनुसार तयार गरिएका नेपाली परिकार र नेपाली खानाको ब्यबस्था गर्नु भएको थियो।

 कार्यसमितीमा को को छन? 

प्रमुख संरक्षक :- नवराज पोखरेल
संरक्षक :- आलोक साह
सल्लाहकार :- डा. अमित रिजाल
आईसीसी सदस्य :- सुरेन्द्र गौतम
प्रवक्ता :- युवराज लामिछाने ‘प्रदीप’
अध्यक्ष :- खगेन्द्र अधिकारी
बरिष्ठ उपाध्यक्ष:- ल्हाक्पा तेन्जी लामा शेर्पा
उपाध्यक्ष:- गोपाल खड्का
महासचिव :- फुर्साङ लामा
सचिव :- प्रकाश चन्द
कोषाध्यक्ष :- बिजय कुँवर
सह-कोषाध्यक्ष :- सन्दिप शाह
युवा प्रतिनिधि:- सबिन आचार्य
महिला प्रतिनिधि :- शोभा मानन्धर

सदस्य :- अनिल खनाल
सदस्य :- अनु खड्का
सदस्य :- डिकेश मगर
सदस्य :- ईशा श्रेष्ठ
सदस्य :- सहिल हुसेन
सदस्य:- नबिन कुमार नगरकोटी
सदस्य:- गोमा थापा
सदस्य:- आड्रीआन श्रेष्ठ
सदस्य:- पदम श्रेष्ठ
सदस्य:- बिष्णुराज पाण्डे
सदस्य:- रमेश ढकाल
सदस्य:- जेनी गुरुङ
सदस्य:- जाङ्बो शेर्पा
सदस्य:- सुमी शेर्पा
सदस्य:- सचेन्द्र कार्की

प्रतिक्रिया दिनुहोस्