यस्तो छ आजको सुनको मूल्य



काठमाडौ,भदौ २०। साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत हप्ता कारोबारको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९० हजार ९ सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ता कारोबार भएको अन्तिम दिन शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ताको शुक्रबार चाँदीको मूल्य तोलाको ११ सय ९५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्