कोरोना अपडेट: १८ सय ९७ संक्रमित थप, १७ सय निको



काठमाडौं, भदौ २१ ।  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय ९७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १ हजार ७ जना ४३ संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख २८ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ सय ८८ जना पिसीआर र ४ सय ९ जना एन्टिजेन बिधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ८ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्