नुवाकोटको पञ्चकन्यामा भदौ २५ देखि भौतिक रूपमा पठनपाठन



नुवाकोट, भदौ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा यही भदौ २५ गतेदेखि भौतिक कक्षामामै पठनपाठन सुरु हुने भएको छ।

गाउँपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै यही भदौ २५ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन जनाएको हो।

जिल्ला प्रशासन नुवाकोटद्वारा जारी आदेश अनुसार कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

हेर्नुस् सूचना

प्रतिक्रिया दिनुहोस्