शेयरबजार घटेपछि गभर्नरलाई अर्थमन्त्रीको फोन



काठमाडौं,भदौ २२ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा समस्या आएकोप्रति अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरे । मन्त्रीको सचिवालयका अनुसार कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई शर्माले भनेका छन् ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसपछि शेयरबजार ठूलो अंकले उकालो लागेको थियो । आइतवार बजार परिसूचक नेप्से १०८ दशमलव २६ अंकले झरेर २८१८ दशमलव ७२ विन्दुमा रोकिएको थियो । बजार घटेपछि गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै राष्ट्र बैंक पुगेका केही लगानीकर्ताले आफ्नो मागपत्र सोमबार प्रवक्ता देवकुमार ढकाललाई बुझाए । शेयर धितो कर्जामा राष्ट्र बैंकले लिएको नयाँ नीतिका कारण बजार घटेको आरोप लगानीकर्ताको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्