सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,भदौ २२ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोही मुल्यमा कारोबार भैरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदी हिजो प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्