सुदूरपश्चिममा एमालेका २ मन्त्रीले दिए राजीनामा



काठमाडौँ,भदौ २२ । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् ।

विगतमा शाह र गहतराज दुवै माधव नेपालको समूहमा थिए । तर पार्टी विभाजनपछि एमालेमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्