कांग्रेस अधिबेशन : प्यूठानमा २५ बर्षीया युवक चुनिए वडा सभापती




वडा सभापतीमा युवाको वर्चस्व

प्युठान,भदौ २३ । प्यूठानमा २५ वर्षीया युवक वडा सभापति निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार सम्पन्न वडा अधिवेशनबाट स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ बेलबासका २५ वर्षीया बुद्धिराम गोराथोकी वडा सभापतिमा निर्वाचित भएका हुन । गोराथोकि सर्वसम्मत वडा सभापति चयन भए । वडासभापतीमा चुनिएपछी कामनाडेलीसंग प्रतिक्रिया दिदै गोराथोकीले आफ्नो कार्यकालमा पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

९ स्थानीय तहका ६४ वडामध्ये अधिकांश निर्वाचित वडा सभापतिहरू यसपटक युवा छानिएका छन् । क्षेत्रीय प्रतिनिधिमा पाको पुस्ताका आए पनि नेतृत्वमा भने धेरैजसो युवा देखिएका हुन् । नेपाली कांग्रेस प्यूठानका जिल्ला सदस्य पुर्ण कालाथोकीले शीर्ष नेतृत्वले युवामा आत्मविश्वास थप्दै नेतृत्वको अवसर प्रदान गर्नुपर्ने बताए । पाका नेताको अनुभव र युवाको जोशलाई मिलायर लान सके पार्टी र देश दुवै बलियो हुने उनको धारणा थियो । उनले युवाहरु नेतृत्व तहमा आउने कुरा उत्साह जनक हो समेत भने।

वडा सभापतिमा महिला नेतृत्व भने शुन्य देखिएको छ । यद्दपी, धेरैजसो महिलाले प्रतिनिधि रोजेको  प्यूठान कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्