भद्रुटारमा मिनिट्रक दुर्घटना, एक घाइते



नुवाकोट,भदौ २४ । जिल्लाको पञ्‍चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा मिनी ट्रक दुर्घटना भएको छ। दुर्घटनामा परी १ जना घाइते समेत भएका छन् । 

बिहीबार बिहान बालुवा बोकेर काठमाडौं गुडेको बा ५ ख ४८६३ नम्बरको मिनी ट्रक (आइचर) शिवालयमा ब्रेक फेल भइ पल्टिएको हो ।

घाइतेको पहिचान भैसकेको छैन उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्