नुवाकोटको सातबिसेमा बेवारिसे शव फेला



नुवाकोट,भदौ २४ । जिल्लाको तादी गाउँपालिका स्थित सातबिसे नजिकै एक बेवारिसे शव भेटिएको छ ।

भदौ २३ गते बुधबार साँझ फेला परेको उक्त शव कसको हो भन्नेबारे पहिचान खुल्न सकेको छैन । शवको प्रकृति हेर्दा अन्दाजी ४२ /४४ बर्षका पुरुष रहेको प्रहरीले जनाएको छ।

फेला परेको शवलाई प्रहरीको सहयोगमा पोस्टमार्टम र डी एन ए परीक्षणका लागि त्रिशुली अस्पताल लागिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्