सुनको भाउ घट्यो, तोलामा कति छ कारोबार ?



काठमाडौं,भदौ २४ । नेपाली बजारमा सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २१० रुपैयाँमा कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्