नुवाकोटको राउतबेसीमा बोलेरो दुर्घटना, एकको मृत्यु



नुवाकोट,भदौ २४ । जिल्लाको दुप्चेश्वरमा बोलेरो दुर्घटना भएको छ। दुर्घटनामा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा न ३ राउतबेशीमा प्रदेश ३ १०२२ च ५०७१ नम्बरको गाडी सडकबाट करिब १०० मिटर तल खस्दा गाडीमा सवार दुई जनामध्ये गाडी साहु मानबहादुर तामाङको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । तामाङ दुप्चेश्वर गाउँपालिकाका नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य समेत रहेको बुझिएको छ।

गाडीका चालक भने फरार रहेको र फरार चालकको खोजिकार्य भैरहेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्