शिवपुरी गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा रामबहादुर थापा



नुवाकोट,भदौ २४ । शिवपुरी गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा रामबहादुर थापा नियुक्त भएका छन् ।गाउँपालिकाको निर्णयअनुसार थापालाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो।

२०४२ सालदेखि शिक्षा क्षेत्रमा अनवरत सेवारत थापा नेपाल शिक्षक संघ नुवाकोटका अध्यक्ष समेत हुन।

गाउँपालिकामा थापाको अगुवाईसंगै यस क्षेत्रका शैक्षिक गतिविधिमा थप उन्नतिको अपेक्षा गरिएको सरोकारवालाहरु बताउँछन् ।

यसअघि गाउँपालिका शिक्षा शाखाका प्रमुख ज्ञानेन्द्र भट्टलाई गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्