आज सुनको भाउ बढ्यो



काठमाडौं,भदौ २५ । नेपाली बजारमा हिजोको तुलनामा आज सुनचाँदीको भाउ बढेको छ ।  बिहीबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य शुक्रवार ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९० हजार २९० रुपैयाँ कायम भएको छ । 

चाँदीको मूल्य प्रतितोला १२१५ रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्