कोरोना अपडेट: ११ सय संक्रमित थपिए, मृत्यु २१



नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार १ सय ४६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ७५ हजार ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टा समयावधिमा १ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ३६ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्ले २४ घन्टामा ९ सय ६१ पिसीआर र १८५ जना एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्