सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब रुपैयाँको संशोधित बजेट



काठमाडौं,भदौ २६ । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संशोधन गर्दै बजेटको आकार १४ अर्ब ७४ करोडले घटाएको हो ।

अर्थमन्त्री शर्माले शुक्रवार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालू आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ ।

अघिल्लो सरकारले गत जेठ १५ मा अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्