शब्द चित्र : संशोधित बजेट



काठमाडौं,भदौ २६ । सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्योदशहरुलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रवार संसदमा पेश गर्दै बजेटको आकार घटाएका छन् ।  सरकारले आर्थिक वृद्धिको लक्ष्य भने शून्य दशमलव ५ प्रतिशत बढाइएको छ ।

अर्थमन्त्री शर्माले बजेटको आकार घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका छन् । यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

३०० भन्दा बढीलाई रोजगारी दिनेलाई राहत     
     
सरकारले ३०० भन्दा बढी रोजगारी दिने उद्योगलाई विशेष राहत दिने भएको छ । राष्ट्रिय महत्वका जलविद्युत् आयोजना, अन्तरराष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना त्यसमा समेटिएका छन् ।     
     
यस्तै, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन सेवासँग सम्बन्धित उद्योग तथा ३०० जनाभन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र ५० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योगमा गरिने लगानीलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको छ ।     

सार्वजनिक संस्थान कम्पनी मोडलमा रूपान्तरण गरिने

त्यसैगरी पूँजीबजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने सरकारको योजना छ । सरकारी स्वामित्वका सम्भाव्य सार्वजनिक संस्थानहरूलाई आवश्यकतानुसार पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडलमा रूपान्तरण गरिने भएको छ ।

त्यसबाट पूँजी बजारमा सूचीकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बनाउने योजना बजेटमा समावेश छ । त्यसका लागि छुट्टै नीति तय गरिने भएको छ । त्यस्तै अर्थमन्त्रीले चालू आर्थिक वर्षका लागि वैदेशिक ऋणतर्फको अंशलाई ३७ अर्ब रुपैयाँले घटाएको जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्