सुदूरपश्चिममा भूकम्पको धक्का



दार्चुला,भदौ २६ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भुकम्प महसुस गरिएको छ। प्रदेशको पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको हो ।

शनिबार बिहान ६ः१३ बजे उक्त जिल्लाहरुमा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले बताए।

उनका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको  उत्तर काशीक्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्