४१ जनालाई प्रहरी बनाईदिएको दाबी गर्ने प्युठानका एक युवक पक्राउ



प्युठान,भदौ २६ । प्युठानमा ४१ जनाको नाम नेपाल प्रहरीमा निकालिदिएको दाबी गर्ने एकजना कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् । प्युठानको ऐरावती गाउँपालिका–१ दाङबाङका ३० बर्षिया नरेन्द्र गुरुङलाई शनिबार जुम्रीबाट पक्राउ गरिएको प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

गुरुङले आफ्नो व्यक्तिगत पहल र कांग्रेस प्युठानका जिल्ला उपसभापति बद्री लम्सालले सिफारिस गरेको उल्लेख गर्दै प्रहरीमा नाम निस्केकाहरुको शुचि समेत सार्वजनिक गरेका थिए।

उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना सहित देशभरबाट ४१ जनाको नाम निस्किएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएर फेसबुकमा स्टाटस लेखेका थिए।

यो बिषयमा आवास्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।

बदनाम गराउन मेरो गलत प्रचार भयो : लम्साल

यसैबीच कांग्रेसका जिल्ला उपसभापति बद्री लम्सालले आफुलाई बदनाम गराउन गलत प्रचार गरेको बताएका छन।

लम्सालले शनिबार एक विज्ञप्ति जारी गर्दै आफूलाई बदनाम गराएर महाधिवेशनमा पराजित गर्ने नियतले भ्रामक प्रचार गरिएको बताएका छन् । बिज्ञप्तिमा नेपाल प्रहरीमा छनौटको लागि सिफारिस गरीएको भन्ने भ्रमपूर्ण र कपोलकल्पित कुरा भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्