पञ्चकन्यामा अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा रमेश विक



नुवाकोट, भदौ २६ । जिल्लाक‍ो पञ्चकन्या गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको विद्यार्थी संगठन अन्तर्गत अखिल क्रान्तिकारीको गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले पञ्चकन्या गाउँपालिकाको विद्यार्थी संगठनको अध्यक्षमा रमेश विक चयन भएका छन् ।  

माओवादी केन्द्र नुवाकोटका नेता तथा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका वडा नम्बर १ अध्यक्ष मणिनाथ लामिछाने लगायतको उपस्थितिमा भएको भेलाले बिकको अध्यक्षतामा ३५ सदस्यीय पञ्चकन्या गाउँपालिका कमिटी गठन गरेको थियोे।

समितिको बरिस्ठ उपाध्यक्षमा कमल लामा, अर्का उपाध्यक्षमा पूजा नेपाली, अर्का उपाध्यक्षमा जेनिशा तामाङ, सचिवमा सागर ढुंगाना, सहसचिवमा मिना नेपाली, कोषाध्यक्षमा इश्वरी बराम लगायत रहेका छन् ।

विद्यार्थीहरुको भेला समारोह

प्रतिक्रिया दिनुहोस्