ताेलामा ४०० रुपैयाँले घट्याे सुनकाे मूल्य



काठमाडौं,भदौ २७ । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. ४०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. ४०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्