कोरोना अपडेट: ९ सय ११ संक्रमित थपिए



काठमाडौं,भदौ २७ । देशभर हाल २६ हजार ७ सय ५७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ सय ११ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ७७ हजार १ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १ हजार ४ सय २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा मन्त्रालयको अनुसार ११ हजार १८ जनाको परीक्षणबाट ८ सय ३८ पिसीआर र ७३ जनाको एन्टिजेन विधिबाट उक्त संक्रमण पुुष्टि भएको हो ।

यसैगरी, कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्