सम्झौता अनुमोदन हुनेमा आशा छ : एमसीसी उपाध्यक्ष



काठमाडौं,भदौ २८। एमसीसी सम्झौता अनुमोदन भई कार्यान्वयन हुनेमा आफू आशावादी रहेको एमसीसी उपाध्यक्ष फातिमा सुमारले बताएकी छन् । चारदिने नेपाल भ्रमणमा रहेकी सुमारले भ्रमण सकेर फर्कनुअघि आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक तहमा भेटघाटपछि यस्तो बताइन् । ‘मैले धेरै नेताहरूसँग कुरा गरें, उहाँहरूलाई यसको महत्त्व बुझाउने प्रयास गरें,’ सुमारले भनिन्, ‘उहाँहरूसँगको कुराकानीबाट म आशावादी छु । यो चाँडै अनुमोदन भएर कार्यान्वयनमा जान्छ भन्ने मलाई पूर्ण आशा छ ।’

नेपालले ५०० मिलियन अमेरिकी डलर अनुदान पाउने गरी ४ वर्षअघि भएको यो सम्झौता कार्यान्वयनका लागि संसद्बाट अनुमोदन हुनुपर्ने व्यवस्था छ । तर, लामो समयदेखि सम्झौता अनुमोदन हुन सकेको छैन । यसका विषयमा शीर्ष दलहरूभित्रै ठूलो मतभेद छ । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सबैजसो प्रमुख दलका शीर्ष नेतालाई भेटेकी थिइन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्