मकवानपुरमा पुरुष बलात्कृत, आखिर के भएको थियोे त्यो दिन



हेटौंडा,भदौ २८ ।मकवानपुरमा पुरुष बलात्कृत भएका छन्।

समाजमा पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना सार्वजनिक भईरहेको बेला मकवानपुरमा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको हो।

जिल्लाको बकैया गाउँपालिका वडा नंबर २ मा एक पुरुषले अर्का पुरुषलाई जबर्जस्ती गरेको आरोप रहेको छ । शनिबार २६ गते साँझ बकैया–२ को सरस्वती टोलमा स्थानीय ३४ वर्षीयले छिमेकीको बारीमा स्थानीय ३२ वर्षीय पुरुषलाई गुदद्धारमा जबरजस्ती गरेको आरोप रहेको छ ।

आईतबार (हिजो) प्रहरीले पीडित पुरुषको बयान लिईसकेको छ ।आईतबार  दिउँसो पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा जाहेरी दिएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले पीडित पक्षले जाहेरी दिएको बताए । उनले उक्त मुद्धा अप्राकृतिक मैथुनमा अघि बढ्ने समेत बताए ।

यता,पीडित पुरुषलाई उपचारको लागि शनिबार राति हटौंडा अस्पताल ल्याईएको स्थानीय विनोद चौलागाईले जानकारी दिए । उनले भनेः गाउँमा साँझ तीजको रमाईलो नाँचगान गनेकार्यक्रम रहेको थियो ।  दुई जन पुरुष बाटोमा भेट भएपछि एकान्त ठाउँमा मोबाइलमा भिडियो हेर्न बसेछन् ।भिडियो हेर्ने क्रममा उक्त घटना घटेको र आफुलाई धेरै गार्हो भएको पीडित पक्षले सामाजमा भनेपछि दुबैजनालाई संगै राखेर कुरा गर्दा भिडियो हेरेको तर उक्त कार्य नगरेको पीडक पक्षले दाबी गरे । तर पीडित पक्षले स्वास्थ्यमा धेरैनै समस्या भएको जानकारी गराएपछि रातिनै एम्बुलेन्समा हेटौंडा अस्पताल ल्यायौ ।

अस्पतालले घटनाको जानकारी लिएपछि प्रहरी कार्यलयबाट अनुमति नपाएसम्म उपचार अघि बढाउन नसकिने बताएपछि हामी रातिनै जिल्ला प्रहरी कार्यलय मकवानपुर गयौ,चौलागाईले भनेः  पुरुषको उपचारको रिपोर्ट आज आउने कुरा छ ।

घटनाको आवश्यक अनुसन्धान अघि बढ्ने जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्