भ्रष्टाचार विरुद्धको नागरिक निगरानीको अध्यक्षमा पाण्डे निर्वाचित



गुल्मी,भदौ २८ । भ्रष्टचार विरुद्धको नारिक निगरानी संस्था गुल्मीको अध्यक्षमा पदमप्रसाद पाण्डेय चयन भएका छन् । सोमबार जिल्लाको सदरमुकाम तम्घासमा दोस्रो जिल्ला अबिधेशन तथा तेस्रो साधारण सभाले पाण्डेयको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समितिको निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा रामचन्द्र पन्थी सचिव कृष्णप्रसाद पोखरेल, कोषाध्यक्ष हिरा कुँवर, सह–सचिव अनिल खत्री लगायत १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । पाण्डेलाई दोस्रो कार्यकालको लागि अध्यक्ष चयन गरिएको छ ।

साधारण सभाले अध्यक्ष पदमप्रसाद पाण्डे र कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलद्धारा पस्तुत प्रतिबेदन पारित गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनीतिक योजना अनुसार भ्रष्टाचार विरुद्ध आम नागरिकसँग सहकार्य गर्ने उद्देश्यले यस जिल्लामा पनि भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गठन भएको थियो ।

भ्रष्टाचार विरुद्ध क्रियाशील संघसंस्थाहरूको बीचमा समन्वय गर्दै नागरिक समाजको सक्रियतामा सार्वजनिक विकास निर्माण तथा सेवाप्रवाहमा भ्रष्टाचार भए नभएको विषयमा निगरानी गरी निरोधात्मक र प्रवर्द्धनात्मक कार्यक्रमहरू मार्फत भ्रष्टाचार नियन्त्रणको अभियानमा प्रभावकारीता ल्याउनका लागि जिल्लामा ०७५ साल फागुन ३ गते तदर्थ समिति गठन भएको थियो । संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढ्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्