गुल्मीमा कुटपिट गरेको आरोपमा २ जना पक्राउ



गुल्मी,भदौ २८ । गुल्मीमा कुटपिटको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–७ बतासे बस्ने ४८ वर्षका शिवबहादुर पुलामालाई कुटपिट गरेको आरोपमा चन्द्रकोट गाउँपालिका वडानम्बर–७ बस्ने २७ को हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका वडानम्बर–३ बस्ने २१ वर्षका हिमाल रहादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी)पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।

कुटपिटबाट घाइते पुलामाको स्थानिय सुभसारथी क्लिनिक प्रा.लि.मजुवामा लगी उपचार गर्ने क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेको मृत्यु भएको थाहा पाएपछि फरार रहेका २ जना अरोपितलाई पक्राउ गरेको हो ।

गत भदौ २४ गते २ जनाले मादक पदार्थ सेवन गरी निज शिव बहादुर पुलामीलाई कुटपिट गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घटनामा संम्लग्न भई फरार रहेका दुवै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको (डिएसपी) पाण्डेले बताउनु भयो । कुटपिट आरोपमा पक्राउ पर्नेहरु पुलामी भतिजो नाता पर्ने र रहादी ज्वाई नाता पर्ने रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्