नेपालको ताजमहल सुनसान, होटल व्यवसायी मर्कामा



पाल्पा,भदौ २८ । नेपालको ताजमहल मानिने  पर्यटकीयस्थल रानीमहल सुनसान बनेको छ । अन्य समयमा हरेक दिन पर्यटकको चहलपहल हुने रानीमहल यति खेर पर्यटकको पर्खाइमा एक्लै कुरिरहेको देखिन्छ ।

कोरोना संक्रमण देखिएसगै संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रानीमहल क्षेत्र सुनसान बनेको स्थानीय बताउछन।यसले गर्दा रानीमहल घुम्न आउने पर्यटकहरुलाई मध्यनजर गर्दे संचालनमा आएका रिर्सोटहरु समेत बन्द रहेको होटेल व्यवसायी शुरेस पाण्डेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,’ कोभिड१९ ले गर्दा गत बैशाख देखि नै होटल बन्द गरेर बसेका छौँ ।’ रानीमहलमा हिजोआज मुस्किलले एक सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन।

सामन्य अवस्थामा यहाँ दैनिक नौ सयको संख्यामा पर्यटक आउने गरेका थिए। तानसेनदेखि १४ किलोमिटर टाढा कालीगण्डकी किनारमा अडिएको ‘रानीमहल’ यस्तै एउटा प्रेमको प्रतीक हो । तीनतले उक्त दरबार भारतको कलकत्तामा रहेका बेलायती इन्जिनियरहरुको डिजाइनबाट बनाईएको थियाे । दरबारमा २४ ओटा कोठा छन् । दरबारको एकातर्फको बुर्जाको जग कालीगण्डकी नदीमै रहेको छ । ५–१५–०–२ रोपनी क्षेत्रफल समेटेको दरबार भित्रै पोखरी, मन्दिर, बगैंचा, सित्तलपाटी, घोडा बाध्ने तवला, भक्तिनीहरु बस्ने स्थल समेत छन् । कालीगण्डकी नदी किनारमा तत्कालीन पश्चिम कमान्डर खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा विसं. १९५४ मा बनाएका हुन् । १९५० देखि बनाउन सुरु गरेको महल ४ वर्षमा तयार भएको हो ।दिवंगत रानीको सम्झनामा बनाइएकाले रानीमहललाई भारतको ताजमहलजस्तै प्रेमको प्रतीकका रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्