आईसीएफसी फाइनान्ससहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग



काठमाडौं,भदौ २९ । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा आईसीएफसी फाइनान्ससहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।

उक्त अवधिमा कारोबारमा आएका २१८ ओटा कम्पनीहरु मध्ये आईसीएफसी फाइनान्स,नेशनल हाइड्रोपावर,जानकी फाइनान्स,गुडवील फाइनान्स र सानिमा इक्विटी फण्डको इकाईमा सर्वाधिक खरीद माग रहेको छ ।

 ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी आईसीएफसी फाइनान्सको ८ लाख ५ हजा ११९ कित्ता शेयर खरीद माग रहेको छ । 

त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको शेयरमा ३ लाख ७८ हजार २४७ कित्ता,सानिमा इक्विटी फण्डको इकाईमा ३ लाख ३१ हजार ९०० इकाई, जानकी फाइनान्सको ३ लाख १३ हजार ३३१ कित्ता र गुडवी फाइनान्सको शेयरमा ३ लाख १२ हजार ७०८ कित्ता शेयर खरीद माग रहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्