बडादशैंका लागि असोज ४ गतेदेखि नयाँनोट वितरण गर्ने तयारी



काठमाडौं,भदौ २९ । नेपाल राष्ट्र बैंकले यो वर्षको बडादशैंका लागि असोज चार गतेदेखि नयाँनोट वितरण गर्ने भएको छ । 

केन्द्रीय बैंकका अनुसार बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट नयाँनोट वितरण हुने जानकारी दिए ।

यो वर्ष क, ख तथा ग वर्गका बैंक तथा वित्त कम्पनीहरुले नयाँ नोट लगिसकेका छन् । कोरोना महामारीका कारण गत वर्ष राष्ट्र बैंकले नयाँनोट वितरण गरेको थिएन ।

 यस वर्ष कोरोना संक्रमण घटेकाले नयाँनोट वितरण गर्न लागिएको राष्ट्र बैंकलेले बताएको छ । केन्द्रीय बैंकका अनुसार यो वर्ष प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले नयाँनोट वितरण हुनेछ ।

कोभिड स्वास्थ्य मापदण्ड अपनाएर नयाँनोट वितरण गर्न राष्ट्र बैंकले सबै वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्