प्यूठानमा पनि सेतो पुतलीको सन्त्रास, गुम्नसक्छ आँखाको ज्योति !



प्युठान,भदौ २९ । प्युठानमा आँखाको दृष्टिमाथि धावा बोल्ने सेतो पुतलीको सन्त्रास बढेको छ।

एक सातादेखि जिल्लाको स्याउलिवाङ, अखां रजवारा लिया. माझकोट बर्जिवाइ,ओखरकोट, प्यूठान नगरपालिका लगायतका अधिकांश क्षेत्रमा सेतो पुतलीको संख्यात्मक वृद्धि देखिएको स्थानीयले बताएका हुन।

नौबहिनि गाउँपालिका -१ स्याउलिबाङका जेम्स मगरले पछिल्लो एक हप्ता देखि गाउँमा बाक्लै सेतो पुतली देखिएको जानकारी दिए । उनका अनुसार विशेषगरी साँझपख तिर सेतो पुतली देखिने गरेका हुन ।

प्यूठान अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नाल जिल्लामा सेतो पुतलीको प्रकोप देखिन थालेका जानकारी प्राप्त भएको बताए।
उनका अनुसार सेतो पुतलीको प्रकोपवाट भएको विरामी अहिलेसम्म अस्पताल आइपुगेको छैन ।

आँखा र छालामा सेतो पुतलीको मुख्य असर देखिने गरेका छ। पुतलीको झुसबाट एलर्जी उत्पन्न भएर आँखा तथा छालामा समेत असर गर्ने गरेको दर्नाल बताउछन।

शापु रोग आँखाको भित्री भागमा व्याक्टेरिया, भाइरस, फडगाड परजिवी आदिको संक्रमणका कारणले लाग्छ।

संक्रमित आँखा अचानक रातो हुने, उज्यालोमा हेर्न गाही हुने, आँखाको नानीमा सेतो धब्बा देखिने, अत्यन्तै छोटो समयमा ज्योति ज्यादै कम हुँदै जाने, दुत्वाई त्यति धेरै नहुने जस्ता लक्षण यो रोगका विरामीमा देखिन्छन्। अखिा पाक्ने रोगमा जस्तो कचेरा लाग्ने लक्षण यसमा देखिदैन ।

समयमै उपचार नगरेमा विरामीको आँखाको भित्री भागमा पिप जमेर आँखाको दृष्टि गुम्न सक्ने हुनाले यो रोगका बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा लगेर उपचार गराउनुपर्छ। समयमा शल्यक्रिया गरेमा गुमेको दृष्टि पूर्ण वा आशिक रूपमा फिर्ता हुनसक्छ।

यो पुतलीले सेतो प्रकाश भएको बत्ति मन पराउने भएको बत्ति मुनि सकेसम्म नवस्ने झुल लगाएर सुत्ने,आँखामा चस्माहरु लगाउने, त्यसबाट बच्ने शरीरमा एलर्जी हुन नदिन शरीर पुरा छोप्ने कपडाहरू लगाउन सके यसको प्रकोपबाट केही हदसम्म बच्न सकिन्छ। सेतो पुतलीको सम्पर्कबाट वालवालिकालाई टाढा राख्न विज्ञहरुले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्