कोरोना अपडेट: १५ सय संक्रमित थप, १५ सय निको भए



काठमाडौं, भदौ २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ५ सय ६२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ७९ हजार ४ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा १ हजार ५ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४२ हजार ३ सय ७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा ११ सय ८० पिसीआर र ३ सय ८२ जनाको एन्टिजेन विधिबाट सुंक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्