पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको छैटौं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं,भदौ २९ । पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

मंगलबार काठमाण्डौंमा सम्पन्न भएको साधारणसभाले स्वर्गीय पोष्ट बहादुर बोगटीको विचारलाई स्थापित गराउन देशभरी वैचारिक प्रशिक्षण कार्यक्रम र विचार गोष्ठि गर्ने निर्णय गरेको छ । माओवादी आन्दोलनमा नेता बोगटी विचारलाई जीवन व्यवहारमा लागु गर्ने नेताको रुपमा चिनिन्छन ।

यस्तै सात वटै प्रदेश र नुवाकोट जिल्लामा पोष्ट बहादुर बोगटी स्मृति शैक्षिक छात्रवृत्ति कोष मार्फत स्नातक तह अध्यनरत एक छात्र र एक छात्रा गरी दुई जनालाई मासिक २००० का दरले छात्रवृत्ति उपलब्ध गराउने निर्णय साधारणसभाले गरेको छ ।

साधारणसभाले पूर्व पर्यटन, नागरिक उड्ययन तथा संस्कृति मन्त्री समेत रहनु भएको नेता बोगटीको सम्झनामा हरेक वर्ष नगद २५ हजार रुपैयाको पोष्ट बहादुर बोगटी स्मृति पर्यटन पत्रकारिता पुरस्कार प्रदान निर्णय गरेको छ ।

नेपाली समाजमा आफ्नो स्वअध्ययनबाट धेरैका लागि प्रेरणा बाड्न सफल बोगटीको सम्मानमा नुवाकोटको पिपलटारमा पोष्ट बहादुर बोगटी स्मृति पुस्तकालय स्थापना गर्ने निर्णय पनि भएको छ ।

वि.सं.२०१० साल साउन ३ गते साबिक नुवाकोट जिल्ला तुप्चे गा.बि.स. वडा नं.–२ भित्रीनीटारमा आमा लेखकुमारी बोगटी र पिता भैरव बहादुर बोगटीको कोखवाट जेठा सन्तानको रुपमा जन्मनु भएको पोष्ट बहादुर बोगटीको ६१ बर्षको उमेरमा २०७१ साल भाद्र ३० गते बिहान हृदयघात र मस्तिष्कघातका कारण काठमाण्डौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

पोष्ट बहादुर बोगटी निधन हुनु पूर्र्व एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०२५ सालदेखि बाम राजनीतिको समर्थक भई २०३७ सालमा नेकपा चौ.म.को जिल्ला सेक्रेटरी, २०४० सालमा नेकपा (मशाल) को नुवाकोट जिल्ला सेक्रेटी भएर जिल्लाको नेतृत्व गर्नेदेखि, २०४३ सालमा बाग्मती क्षेत्रीय ब्यूरो सदस्यमा मनोनित भएको थियो । २०४५ साल देखि (मशाल) को केन्द्रीय सदस्य, २०४८ सालमा ने.क.पा. (एकताकेन्द्र) को एकता महाधिवेसनबाट पुनः केन्द्रीय सदस्यमा चुनिनु भएको थियो । राष्ट्रिय एकता माहधिबेसन पछि उहाँ पार्टीको कर्णाली क्षेत्रीय व्यूरोे इन्चार्ज हुदै, २०५३ सालवाट पश्चिम क्षेत्रीय व्यूरोे इन्चार्ज, २०६१ सालबाट गण्डक, राप्ती, भेरी—कर्णाली र सेती—माहाकाली क्षेत्रीय व्यूरोे समेटेर बनेको सिङ्गो पश्चिम केन्द्रीय कमाण्डको ईन्चार्ज हुनुभएको थियो । २०५४ सालमा नेपाल कम्युष्टि पार्टी (माओवादी) को पोलीटव्यूरोे सदस्य, २०५८ सालमा स्थायी समिति सदस्य, २०६७ सालमा पार्टीको केन्द्रीय सचिव हँुदै, २०६९ सालमा हेटौंडामा सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिवेनबाट महासचिवमा निर्वाचित हुनुभएको थियो । २०७१ बैसाखमा सम्पन्न पार्टीको बिराटनगर राष्ट्रिय सम्मेलन लगत्तै २०७१ साल जेष्ठमा केन्द्रीय कार्यलय पेसिसडाँडाँमा बसेको केन्द्रीय समितिको बैठकमा अत्याधित लोकप्रिय मतद्वारा केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनु भयो ।

२०६४ सालको संबिधानसभा निर्वाचनमा नुवाकोट जिल्ला साबिक निर्वाचन क्षेत्र नं. ३ वाट संबिधानसभा सदस्यमा निर्वाचित भई माओवादी संसदीय दलको सचेतक, प्रमुख सचेतक हुँँदै, क्रमशः उर्जा, शिक्षा, संस्कृतिक, पर्यटन तथा नागरीक उड्ययन मन्त्री भएर मन्त्रालयको जिम्मेवारी पूरा गर्नु भएको थियो । स्वअध्ययन, लगन, निष्ठा र अथक मेहनत तथा बिचार र ब्यवहारको एकरुपताको कौशलताका धनि बोगटी सादा, सरल र सामुहिकतामा रमाउने अत्यन्तै व्यवहारिक नेता हुनुहुन्थ्यो । उहाँमा आधारभूत श्रमजीवि सर्बहाराबर्ग जातजाति, भाषभाषी, क्षेत्र र लिङ्गका उत्पीडित जनसमुदायहरुको आर्थिक, सामाजिक साँस्कृतिक जीवन स्तर उठाउन निरन्तर लागि पर्ने नेता हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्