गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउँदै दक्षिण कोरिया



एजेन्सी,भदौ ३० । दक्षिण कोरियाको बजार प्रतिस्पर्धाको नियमन गर्ने निकायले अमेरिकी सर्च इञ्जिन कम्पनी गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउने भएको छ । 

सामसङ लगायतका स्मार्टफोन निर्माताहरुलाई अन्य अपरेटिङ सिष्टम प्रयोग गर्नबाट जानीजानी रोक लगाएको भन्दै नियामकले उक्त कम्पनीलाई सो जरिवाना तिराउन लागेको हो । 

यो दक्षिण कोरियाले कुनै पनि कम्पनीलाई प्रतिस्पर्धा सम्बन्धी नियम तोडेको आरोपमा तिराएको अहिलेसम्मकै ठूलो जरिवाना हुनेछ । कम्पनीले जरिवाना विरुद्ध कानूनी लडाई लड्ने बताएको छ ।

कोरियाली अधिकारीहरुले कम्पनीको सफ्टवेयर नीतिले हार्डवेयर पाटर्नर र उपभोक्ताहरुलाई भएको लाभलाई वेवास्ता गरेको आरोप गूगलले लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्