सुनको भाउ तोलामा ६०० ले बढ्यो



काठमाडौं,भदौ ३० । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ  । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्